Admin Login

रघुगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, म्याग्दी, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • ०६९४२००२१
  • raghugangagapa@gmail.com, info@raghugangamun.gov.np
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
२. वडाको चिनारी
२.१ भौगोलिक स्थान

धौलागिरी हिमालबाट यस रघुगंगा नदिले यस रघुगंगा गाउँपालिकाको वडा नं.१ र २ बाहेकका सबै वडालाई छोएर बग्दछ । यस क्षेत्रमा यस नदीलाई सुनौली खोला, राहुघाट र रबरखोला नामले समेत चिनिने गर्दछ । यस गाउँपालिकाको केन्द्र वडा नंं.३ स्थित मौवाफाँटमा रहेको छ । तत्कालिन स्थानिय तह पुनःसंरचना आयोगले वडा नं.६ स्थित पाखापानीलाई अस्थायी मुकाम तोकेर सोही अनुसार स्थानिय निर्वाचन सम्पन्न गराएको थियो |

२.२ ऐतिहासिक पहिचान नामांकन

यस गाउँपालिकाको नाम यहाँ रहेको प्रसिद्ध रघुगंगा नदीको नाम बाट राखिएको हो । । पाखापानीमा केन्द्र अधिकांशलाई अपायक पर्ने भन्दै मौवाफाँटलाई केन्द्र तोक्न आन्दोलन समेत भएको थियो ।२०७४ साल भाद्र ५ गते रघुगंगा–३, घुमाउनेतालमा रहेको कालिगण्डकी रिसोर्टमा बसेको दोस्रो गाउँसभा बैठकलेजम्मागाउँसभाका ४३ सदस्य मध्ये बहुमत अर्थात् २६ सदस्यले मौवाफाँटको पक्षमा हस्ताक्षर गरेपछि मौवाफाँटलाई गाउँपालिकाको केन्द्र बन्न पुगेको हो ।

  • गृह पृष्ठ
  • चिनारी